उत्तर-->: कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । जस्तै; एमएस डस (MS-DOS), विन्डोज (Windows: 95, 98, ME, VISTA, XP, 7, 8, 10, 11), विन्डोज सर्भर (Windows Server: 2000, 2003), युनिक्स (UNIX), लिनक्स (LINUX), एण्डोराइड (Android), युबुन्टु (Ubuntu), म्याक ओएस (Mac OS), हार्मोनी ओएस (Harmony OS), फेडोरा (Fedora), क्रोम ओएस (Chrome OS), सेन्ट ओएस (CentOS), आदि ।
(ख) अपरेटिङ सिस्टमका कार्यहरू के के हुन्, लेख ।
उत्तर: अपरेटिङ सिस्टमका मुख्य कार्यहरु यसप्रकार छन् :
१. फाइल र फोल्डरहरूको व्यवस्थापन (file and folder managament)
२. उपकरणहरूको व्यवस्थापन (device management)
३. मेमोरी व्यवस्थापन (memory management)
४. सुरक्षा व्यवस्थापन (security management)
५. प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन (helps to run application software for user)
६. प्रयोगकर्ता र कम्प्युटरबिच भाषानुवाद (translator between user and computer)
७. प्रोसेज व्यवस्थापन (process management)