उत्तर-->: प्रिजेन्टेसन सफ्टवेर भनेको छोटो समयमा प्रभावकारी ढङ्गमा आफ्ना कुरा, विचार तथा विषयवस्तुलाई टेक्स्ट, अडियो, भिडियो, एनिमेसन वा ट्रान्जिसनहरुको संयोजनबाट बनाइने डकुमेन्ट वा स्लाइडहरु तयार गर्न प्रयोग हुने उपयोगी एप्लिकेसन सफ्टवेर वा टुल हो । जस्तै: MS PowerPoint, Prezi, Google Slides, Slidebean, Keynote, Slides, SlideDog, Canva, Beautiful.ai, Open Office Impress, etc.
यसको प्रयोग निम्नानुसार क्षेत्रहरुमा गरिन्छः
१. विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा शिक्षण गर्न ।
२. विभिन्न व्यापारीक रिपोर्ट तयार पार्न तथा उत्पादनहरुको विज्ञापन गर्न ।
३. सभा, समाहरोह, गोष्टि तथा तालिमहरु सञ्चालन गर्न ।
४. ईमेडिसिन तथा स्वास्थ्य सचेतना कार्यक्रमहरुमा सञ्चालन गर्न ।