इ.सं. १६४२ मा फेन्च गणितज्ञ ब्यलेज पास्कल (Blaise Pascal) ले पास्कलाइन (Pascaline) उपकरण बनाएका थिए । ब्यलेज पास्कलले यो उपकरण उनको बुबाको कामलाई सहयोग पुयाउन बनाएका थिए । यस उपकरणमा आठ ओटा घुमाउन मिल्ने चक्का जडान गरिएको हुन्छ, जसमा ० देखि ९ सम्म अङ्क कोरिएको हुन्छ । यी चक्काहरू एक अर्कासँग विशेष किसिमले जोडिएका हुन्छन्, जसमा एउटा चक्का ० देखि ९ सम्म घुमाउँदा सँगैको अर्को चक्का १ पटक घुम्छ ।
यहीँ अनुपातमा अरू चक्काहरू घुम्ने व्यवस्था मिलाइएको हुन्छ । सानो घडी हरेक चक्काको माथि जडान गरिएको हुन्छ, जसले चक्काको अवस्था वा मात्रालाई देखाउँछ । यो उपकरणलाई विशेष गरी जोड र घटाउ हिसाब गर्न प्रयोग गरिन्छ । गुणन र भाग गर्न पटक पटक जोड वा पटक पटक घटाउ गरिन्थ्यो । यस उपकरणले आठ अङ्कसम्म मात्र हिसाब गर्न सकिन्छ ।