Ans. System software that is need to operate or start a computer is called operating system. It provides interface to user and platform to other application software. It works as mediator between user and computer hardware.
Windows is a GUI based operating system i.e. any command can be run with the click on graphical symbol known as icon with the help of mouse. It is multitask but single user operating system. 3 important components of windows OS are given below:
Desktop: First screen that is seen after computer is logged on is called desktop. desktop provides working environment to user.
Icon: Any graphical symbol or picture seen in windows operating system that can be clicked or selected is known as icon. It represents file, folder or programs
Taskbar: The long horizontal bar located at the bottom of desktop is called the taskbar. Start button lies at the left side of taskbar and system tray lies at the right side ot taskbar. Taskbar holds running programs and opened file/folder. Desired programs can be pinned on taskbar
अपरेटिङ सिस्टम कम्प्युटर चलाउन तथा सञ्चालन गर्नका लागि नभई नहुने सिस्टम सफ्टवेयर हो । यसले प्रयोगकर्तालाई काम गर्ने interface प्रदान गर्छ भने अन्य application software को लागि आधार प्रदान गर्छ। यसले कम्प्युटरको हार्डवेयर तथा प्रयोगकर्ताको बीचमा रही पुलको भूमिका निर्वाह गर्छ ।
विन्डोज भनेको यस्तो अपरेटिङ सिस्टमम हो जसमा कुनै पनि कमान्ड run गर्न माउसको सहायताले कुनै पनि icon लाई क्लिक गरेर काम गरिन्छ। यो Single user र multitask अपरेटिङ सिस्टम हो । Windows अपरेटिङ सिस्टमका तीन महत्त्वपूर्ण तत्त्वहरु यस प्रकार छन्ः
Desktop: कम्प्युटर खुलिसकेपछि सबैभन्दा पहिला देखिने screen desktop हो। यसले प्रयोगकर्तालाई कार्य गर्ने वातावरण प्रदान गर्छ ।
Icon: विन्डोज अपरेटिङ सिस्टममा देखिने कुनै पनि चित्र जसलाई क्लिक गरेर काम गर्न सकिन्छ भने त्यसलाई Icon भनिन्छ । Icon ले कुनै पनि फाइल, फोल्डर अथवा Program लाई जनाउँछ ।
Taskbar: Desktop को सबैभन्दा मुनि देखिने लामो तेर्सो बारलाई taskbar भनिन्छ । Taskbar को बायाँ पट्टी Start Button हुन्छ भने दायाँ पट्टी system tray रहन्छ । Taskbar मा खुलेका फाइल फोल्डर तथा Program हरु रहन्छन् । आफूलाई आवश्यक अन्य Program लाई पनि taskbar मा pin गरेर राख्न सकिन्छ ।