Ans:- Cloud computing is the delivery of different services through the Internet. These resources include tools and applications like data storage, servers, databases, networking, and software. Rather than keeping files on a proprietary hard drive or local storage device, cloud-based storage makes it possible to save them to a remote database. As long as an electronic device has access to the web, it has access to the data and the software programs to run it.
There are 3 types of Cloud Computing:
a. (IAAS - Infrastructure As A Service)
b. (PAAS - Platform As A Service)
c. (SAAS - Software As A Service)
Provision of Cloud Computing in ICT policy, 2072
-All the government agencies should take cloud computing as first option while investing for ICT hardware, application and services
-Cloud service framework will be deployed using Government Integrated Data Center(GIDC)
-Cloud computing strategy is deployed for digital good governance
क्लाउड कम्प्युटिङ, इन्टरनेटमा आधारित एक नवीनतम प्रविधि हो । क्लाउड कम्पयुटिङ (cloud computing) भन्नाले इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ सेवा (Computing Service) हो । जसमा मुख्य कम्प्युटर (Server) मा भण्डारन (Storage), डाटाबेस (Database) सञ्जाल सफ्टवेयर आदि सेवाहरू उपलब्ध हुन्छन् । यी कम्प्युटिङ (Computing) सेवाहरू प्रदान गर्ने कम्पनीहरूलाई क्लाउड (Cloud) सेवा प्रदायक भनिन्छ । सामान्यतया क्लाउड कम्प्युटिङ सेवाहरूका लागि प्रयोगमा आधारित पैसा तिर्नुपर्दछ । यो हामीले घरमा बिजुली र पानीको बिल तिरेको जस्तै हो ।
क्लाउड कम्प्युटिङका प्रकारहरू निम्नानुसार छन् ः
(क) इन्फ्रास्टकचर एज ए सर्भिस (IAAS - Infrastructure As A Service)
(ख) प्ल्याटफर्म एज ए सर्भिस (PAAS - Platform As A Service)
(ग) सफ्टवेयर एज ए सर्भिस(SAAS - Software As A Service)
सूचना तथा सञ्चार प्रविधि नीति, २०७२२ मा क्लाउड कम्प्युटिङ सम्बन्धी प्रावधानहरु निम्नानुसार छन्
-सार्वजनिक निकायहरुले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी उपकरण तथा सेवा खरिद गर्दा क्लाउड कम्प्युटिङलाई प्राथमिकता दिने
-एकीकृत सरकारी डाटा सेन्टरको उपयोग मार्फत क्लाउड कम्प्युटिङ सम्बन्धी पूर्वाधार तयार गर्ने,
-क्लाउड कम्प्युटिङलाई विद्युतीय सुशासनको प्रमुख आयामको रुपमा स्थापित गर्न राष्ट्रिय क्लाउड कम्प्युटिङ रणनीति लागू गर्ने ।